Flickr

सरिखेतमा पहिलोपटक मन्त्री पुगे

मनहरी/सर्वसाधारणले चढ्ने स्थानीय रुटको बस चढेर पशुपंक्षी विकास मन्त्री शान्ता मानवी सरिखेत पुगेका हुन् । मनहरीबाट १ घण्टा बस चढेर पुगेका मन्त्री मानवीले सरिखेतमा रहेको भ¥याङकाली साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई स्थानीय व्यवस्थापनका लागि हस्तान्तरण गरिन् । जिल्ला कृषि सहकारी संघ मकवानपुरले प्रवद्र्धन गरेको भ¥याङकाली साना किसान कृषि सहकारी संस्था हस्तान्तरण तथा सहकारीको भवन उद्घाटनका लागि मन्त्री मानवी सरिखेत पुगेकी हुन् । उनले सहकारी हस्तान्तरण कार्यक्रममा बोल्दै आफू सदैव महिलालाई आत्मनिर्भर र स्वाधीन बनाउने काममा लागेको बताउँदै सहकारी माध्यमबाट महिलाको समृद्धि हुने दाबी गरिन् । उनले आफू निर्णायक तहमा रहुन्जेल गरिवीको अन्त्यका निम्ति विभिन्न योजनाहरुलाई सम्पन्न गर्ने काममा लागेको बताइन् । 
मकवानपुरको सरिखेत गाविसमा पहिलोपटक बहालवाला मन्त्री पुगेका छन् ।



कार्यक्रममा सांसद राजाराम स्याङ्तानले मन्त्रीको उपस्थितिले सरिखेत र क्षेत्र नं ४ कै समस्याहरु झल्काउन पाएको भन्दै गरिव जनताको अनुहार हेरेर आगामी नीति तथा कार्यक्रम ल्याउनका लागि मन्त्री मानवीलाई सुझाव दिए । कार्यक्रममा भ¥याङकाली साना किसान सहकारीकी अध्यक्ष सानु नेगीले स्वागत गरेका थिए भने जिल्ला सहकारी संघका तर्फबाट महेश्वर सुवेदी, साना किसान विकास बैंक इलाका कार्यालयका कृष्णकुमारी शर्मा, नेकपा एमालेका बाबुलाल स्याङ्तान लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका    थिए ।
कार्यक्रममा धेरै सेयर खरिदकर्ता, तरकारी खेती गर्ने किसान, पशुपालन गर्ने किसान, जिल्लामै उत्कृष्ट हुने भ¥याङकाली पञ्चेबाजा समूह तथा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । जिल्ला कृषि सहकारी संघका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रम सचिव लालबहादुर थापाले संचालन गरेका थिए भने पूर्व सभासद गोविन्द चेपाङ, जिल्ला कृषि विकास कार्यालयका प्रमुख निर्मल गदाल, पशु सेवा कार्यालयका प्रमुख तथा मातहतका कर्मचारीहरुको सहभागिता थियो ।
पहिलोपटक गाउँ पुगेका मन्त्रीलाई स्थानीयले पञ्चेबाजासहित फुलमालाले स्वागत गरेका थिए । मन्त्रीलाई स्वागत गर्न दुर्गम गाउँबस्तीबाट ठूलो संख्यामा महिलाहरु सहकारीको कार्यालय आएका थिए ।  

Powered by Blogger.

Text Widget

Gadgets

Author

My photo
Om Sairam Digital Daman.Makawanpur,Nepal

Ads Inside Post

Formulir Kontak

Name

Email *

Message *

Social

Subscribe Here

Navigation-Menus (Do Not Edit Here!)

Instagram posts

/* CSS Tabs */ .tabs, .tably {margin:0 0;} .tabs .tably {padding:0 0;} .tabs-menu {padding:0 0;margin:0;margin-bottom:0;border-bottom:4px solid #4791d2;} .tabs-menu li {margin-bottom:0;margin-top:0;font-size:14px;font-family:'Ruda';font-weight:700;text-transform:uppercase;height:37px;line-height:37px;width:33.3%;list-style:none;text-align:center;display:inline-block;padding:3px 0;background:#222;color:#fff;cursor:pointer;position:relative; transition:all 0.1s linear;} .tabs-menu li:hover {opacity:0.9;background:#222;color:#fff;} .tabs-menu .active-tab {background:#4791d2;color:#fff;} .tabs-menu .active-tab:hover {opacity:0.9;background:#4791d2;color:#fff;} .tabs-content {padding:10px;background:#fff;border-top:none;margin-bottom:15px;} .tabs-content .sidebar li {margin:0 0;padding:0 0 0 0;} .tabs-content .widget li {background:#fff;color:#666;float:none!important;} .tabs-content .widget ul {background:#fff;color:#666;overflow:visible;} .tabs-content .Label li {background:#fff!important;color:#666;float:left;padding:5px;margin-left:3px;text-align:left;width:44%;transition:.3s linear;} .tabs-content .Label li:hover {background:transparent;color:#eac965;} .tabs-content .Label li a {color:#666!important;transition:.3s linear;} .tabs-content .Label li a:hover {color:#eac965;transition:.3s linear;} .tabs-content .Label ul li a {color:#666!important;}